काठमाडौं । चन्द्रागिरि नगरपालिका नगरसभाको चौधौं अधिवेशनको दोस्रो बैठक बसिरहेको छ । चन्द्रागिरि नगरपालिकाको कार्यपालिका भवनमा बसेको बैठकबाट आर्थिक विधेयक २०८१ माथि छलफल जारी छ । बैठकमा चन्द्रागिरि नगरपालिकाको आर्थिक विधेयक २०८१ प्रस्तुत र आ.ब. ०८१-०८२ को प्रस्तावित बजेट तथा कार्यक्रमको उपप्रमुख बसन्ती श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो । साथै नगरको आर्थिक विधेयक २०८१ माथी छलफल भइरहेको छ । बैठकले २०८१-०८२ को अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयनको निमित्त स्थानीय कर, शुल्क, दुस्तर र जरिवाना संकलन गर्न, छुट दिन तथा अन्य आय संकलनलगायतको विषयमा निर्णय गर्नेछ ।

आजको बैठकले सम्पत्ति कर, भूमि कर, बहाल कर, व्यवसाय कर, जडीबुटी, कवाडी र जीवजन्तु कर, सवारी साधान कर, विज्ञापन कर, बहाल विटौरी शुल्क, सवारी साधन पार्किङ शुल्क, सेवा शुल्क दस्तुरलगायतको विषयमा बैठकले पारित गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय