ू चन्द्रागिरि नगरपालिका अन्तर्गतका सामुदायिक बिद्यालयहरुमा विशेष दिवा खाजा सेवा कार्यक्रम संचालनमा आएको छ । दिवा खाजा कार्यक्रमबाट चन्द्रागिरिका २८४२ विधार्थीहरु लाभान्वित भएकाछन् । चन्द्रागिरि नगरपालिका अन्तर्गतका सामुदायिक बिद्यालयहरुमा बिशेष दिवा खाजा सेवा कार्यक्रम संचालनमा आएको हो । हाल चन््रदगिरिका २३ सामुदायिक बिधालयहरु मध्ये १५ वटा बिद्यालयहरुमा दिवा खाजा कार्यक्रम संचालनमा आएको छ भने बाकी बिद्यालयहरुमा पनि उक्त कार्यक्रम क्रमशः संचालन हुने नगरपालिकाले जनाएको छ ।

बाल बिकास कक्षा देखि कक्षा ५ सम्मका २८४२ जना विधार्थीहरु उक्त कार्यक्रमबाट प्रत्यक्ष लाभान्वित हुने नगरपालिकाको दावी रहेको छ । नेपाल सरकारले प्रति विधार्थी रु १५र( प्रदान गर्दै आएकोमा नगरपालिकाको विशेष पहलमा चाइना फाउण्डेसनले थप रु ५० सहयोग गर्ने गरि नगरपालिका र फाउण्डेसन बीच सम्झौता भएको छ। हाल ३ बर्षको लागि सम्झौता भएकोमा थप बिद्यालय र थप समयको लागि कार्यक्रम विस्तार हुने प्राबधानमा चाईना फाउण्डेसन संग सम्झौता भएको नगरपालिकाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय