काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं.११ त्रिपुरेश्वरमा रहेको बागमती स्वीट्समा तालाबन्दी गरिएको छ ।



कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीको निर्देशनमा चैत ३० गते खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र जिल्ला प्रशासन कार्यालय काठमाडौँको संयुक्त टोलीले सो प्रालिमा अनुगमन गर्दा सरसफाइ तथा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी भेटिएकाले शिलबन्दी गरिएको हो । उक्त प्रालिलाई उत्पादन रोक्न चेतावनी दिँदा पनि अटेरी गरेपछि मन्त्री चौधरीको आदेशमा शिलबन्दी गरिएको हो ।
उत्पादन रोक्का गरिएको उक्त प्रालिले सरकारी कार्यालयमै खाजा पुर्याएको पाइएको थियो । यस सम्बन्धमा थप अनुसन्धान गरी कानुनी प्रक्रिया अघि बढाइने बताइएको छ । चैत ३० गते बागमती स्वीट्समा तालाबन्दी गरिए पनि चन्द्रागिरि नगरपालिकामा बैशाख २ र ३ गते भएको कार्यक्रममा सोही स्वीट्सबाट ल्याइएको खाजाको प्याकेट वितरण गरिएको नाम नबताउने सर्तमा एक कर्मचारीले जानकारी दिएका छन् ।
स्मरण रहोस् चन्द्रागिरि नगरपालिकाको हरेक कार्यक्रममा बागमती स्वीट्सबाट खाजाको प्रबन्ध गर्ने गरिएको छ ।



