काठमाडौं । चन्द्रागिरि नगरपालिकाले शैक्षिक सत्र २०८१ को लाागि छात्रवृत्ति प्रदान गरेको छ ।
नगरभित्र रहेका ५० वटा संस्थागत विद्यालयका छात्र र छात्रा गरी ३ हजार २ सय ४७ जना विद्यार्थीलाई छात्रवृत्ति दिएको हो । आर्थिक अवस्था कमजोर र जेहेन्दार विद्यार्थीले छात्रवृत्तिको लागि नगरपालिकामा निवेदन दिएको आधारमा कक्षा नर्सरी देखि कक्षा १० सम्म संस्थागत विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीले छात्रवृत्ति प्राप्त गरेका हुन् ।



चन्द्रागिरि नगरपालिकाले कक्षा ११ र १२ का लागि पनि छात्रवृत्ति प्रदान गर्दैछ ।



