चन्द्रागिरि नगरपालिका, काठमाडौंले २०२५ को ग्लोबल मेयर च्यालेन्ज प्रतियोगितामा सहभागिता जनाउन दाबी प्रस्तुत गरेको छ। नगरपालिकाले आफ्नो आधिकारिक वेवसाइटमार्फत प्रतियोगितामा भाग लिने इच्छाका बारेमा जानकारी दिएको हो। ब्लुमबर्ग फिलान्थ्रोपिजको आयोजनामा ग्लोबल मेयर च्यालेन्ज एक अन्तर्राष्ट्रिय प्रतियोगिता हो, जसमा विश्वभरका शहरहरू नवीन विचार र कार्यक्रम कार्यान्वयन गरेर सहभागिता जनाउँछन्। चन्द्रागिरि नगरपालिकाले प्रतियोगितामा आवश्यक मापदण्ड पूरा गरेको भन्दै आफ्नो निवेदन पेश गरेको छ।
ग्लोबल मेयर च्यालेन्जमा ५० शहरलाई ५० हजार डलर पुरस्कार र परामर्शका साथ थप लगानी प्रदान गरिनेछ। त्यसपछि, २५ शहरलाई १ लाख डलर पुरस्कार दिइनेछ। प्रतियोगितामा मार्च २०२५ मा २५ शहर चयन गरिने कार्यक्रम रहेको छ।






