काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. ८ स्थित बौथलीचोक मन्दिर पछाडी रातको समयमा धमाधन ढलान गरिएको छ । रातको समयमा गरिएको ढलानलाई लिएर वडाबासीहरुले चिन्ता व्यत गरेका छन् । ८ का वडाबासीहरूले दिनको समयमा काम नगरी रातभरि अन्धकारमा काम गर्दा गुणस्तरीय नहुने भन्दै गम्भीर चिन्ता व्यक्त गरेका हुन । बौथलीचोको मन्दिर पछाडी खोलामा वाल कम्पाउण्ड निर्माण कार्य भइरहेको छ । तर, नगरपालिकाले बजेटको उचित सदुपयोग नगरी रातको समयमा अन्धकारमा काम गर्नुलाई बडाबासीहरूले प्रश्न गरेका हुन् ।
स्थानीय वडाबासीहरूको भनाइ अनुसार रातको समयमा काम गर्दा सुरक्षाको जोखिम समेत बढ्नसक्छ र कार्यको गुणस्तरमा पनि असर पर्न सक्छ । यद्यपि, यस समस्यामा नगर प्रमुख र उप–प्रमुखको ध्यान आकर्षित गरिनुपर्ने आवश्यकता रहेको जनाइएको छ । स्थानीय जनतालाई सचेत गराउनका लागि बडाबासीहरूले भिडियो र फोटोका माध्यमबाट समस्या स्पष्ट गरेका छन् । यस विषयमा नगरपालिकाले चाँडै समाधान निकाल्नुपर्नेमा जोड दिएका छन् ।



हामीले राज्यबाट आएको बजेटको सदुपयोग गर्नुपर्ने हो । न कि रातको अन्धकारमा काम गर्दै जोखिम निम्त्याउन, एक स्थानीय बडाबासीले भने सम्भावित समाधानका रूपमा, स्थानीय प्रशासनलाई दिनको समयमा कार्य गरिने सुनिश्चित गर्न र जनताको सुरक्षाका लागि उपर्युक्त योजना बनाउन सुझाव दिइएको छ । यस विषयमा नगर प्रमुख र उप–प्रमुखको तुरुन्त ध्यान जानुपर्ने बडाबासीहरूले बताएका छन् । सम्पर्कमा आएका नगरपालिकाका प्रतिनिधिले भने यो मुद्दा गम्भीर छ । हामी यसको समाधानका लागि कार्य गर्दैछौं । यसरी बडाबासीहरूले यो समस्यामा जनचेतना फैलाउने प्रयास जारी राखेका छन् । स्थानीय प्रशासनबाट शीघ्र सुधारको अपेक्षा राखेका छन् ।



