काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर–४ मा भएको प्रथम आन्तरिक ब्याडमिन्टन प्रतियोगितामा हरिराम गिरी र निरन श्रेष्ठको जोडी प्रथम भएको छ ।

थानकोट गणेश तथा महालक्ष्मी जात्राको उपलक्ष्यमा क्वाथः युथ क्लवको आयोजना र चन्द्रागिरि नमूना क्लव चनपा–७ सँगको सहकार्यमा भएको प्रतियोगितामा गिरी र श्रेष्ठको जोडी प्रथम भएको हो ।

शुक्रबार र शनिबार दुई दिनसम्म संचालन भएको प्रतियोगिताका प्रथम, द्वितिय र तृतीय हुनेलाई नगद, ट्रफि, मेडलसहित सम्मान गरिएको थियो । साथै सहभागी सबै खेलाडीलाई पनि सम्मान पत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय