काठमाडौ । चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ का जनप्रतिनिधि र स्थानीय वडा र वस्ति सफा टोल अभियानमा जुटेका छन् ।
शनिबार बिहान ६ः०० बजे चौथो “सफा टोल“ अभियान महाँकांल मार्ग नोबल स्कुल हुँदै भुलभुलेसम्मको टोल बस्ति भित्रका सडक कुलो सरसफाइ गरिएको छ । वडा अध्यक्ष संजय सिग्देलले यो अभियानमा प्रत्येक घरबाट सहभागी भई सहयोग गर्नुहुन अनुरोध गर्नुभएको छ । सरसफाइ अभियानमा वडाका जनप्रतिनिधि नगरपालिकाका सरसफाइ कर्मचारी, स्थानीय, समाजसेवीले आफ्नो टोल वरपर पलाएका घाँस बाटो वरपर वर्षाले थुपारेका फोहोर सरसफाइ गरेका थिए ।



सरसफाइ अन्तर्गत चनपा वडा ६ स्थित त्रिभुवन राजपथको दायाँबायाँ फुटपाथमा रोपिएको बिरुवा गोडमेल, काँटछाट, सरसफाइ गरि सडक सुन्दर बनाउने उद्देश्यका साथ सरसफाईकर्मीहरु खटेर काम गरिरहेका छन् । चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ भित्र हरेक हप्ता शुरू भएको अभियान पाँचौं हप्तासम्म जारी रहने त्यसपछि हरेक महिनामा एकपटक सरसफाइ अभियान चलाउने कार्यक्रम तय गरिएको वडा अध्यक्ष सिग्देल बताउनु हुन्छ ।



