काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ७ मा आँखा शिविर हुने भएको छ । वडाको शहरी स्वास्थ्य केन्द्र सिमचौरमा आउँदो शनिबार २६ गते आँखा शिविर हुन लागेको हो ।
शहरी स्वास्थ्य केन्द्रको सहकार्य र नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको प्राविधिक सहयोगमा आँखा शिविर हुन लागेको वडा अध्यक्ष शम्भुकुमार केसीले बताउनु भयो । उहाँले शिविरमा छनोट भएका मोतिविन्दुका विरामीको उपचार वडाकै आर्थिक सहयोगमा त्रिपुरेश्वर गरिने व्यवस्था समेत गरिएको जानकारी दिनुभयो ।



शिविरमा निःशुल्क औषधि वितरण, परामर्श सेवा, उच्च रक्तचाप, मधुमेह रोगको स्क्रिनिङ सेवा पनि दिइने छ । शिविर विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म संचालन हुनेछ ।




