काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ७ मा एक किशोरी झुण्डिएको अवस्थामा भेटिएकी छिन् ।




नुवाकोट स्थायी घर भई हाल स्यूचाटार–९ बस्दै आएकी १९ वर्षीया किशोरी त्रिभुवन पार्कको खोला छेउबाट गाउँ छिर्ने भीरमा झु*ण्डिएको अवस्थामा भेटिएकी हुन् । घर छेउमै झु*ण्डिएको अवस्थामा एक युवतीलाई देखेपछि स्थानीयले प्रहरी वृत्त थानकोटलाई खबर गरेका थिए ।

प्रहरीले अनुसन्धानको क्रममा गोरखा घर भई हाल चन्द्रागिरि नगरपालिका वडा नम्बर–७ मा मोवाइल पसल संचालन गर्दै आएका एक युवकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ । किशोरीको शव पोष्टमार्टमको लागि टिचिङ अस्पताल लगिएको छ ।





