काठमाडौं । बडादशैं र तिहारलगायतका पर्वलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाले सहुलियत पसल संचालन गर्ने भएको छ । विगतका वर्षमा झैं यो वर्ष पनि सहुलियत मूल्यमा खाद्यान्न उपलब्ध गराउने उद्देश्यले पसल सञ्चालन गर्न लागिएको हो । कम्पनीले चामल, तेल र चिनी सहुलियत मूल्यमा उपलब्ध गराउने जनाएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाले भदौ ३० गतेदेखि सहुलियत पसल सञ्चालन गर्न लागेको छ ।
कम्पनीका प्रमुख कृष्णबहादुर थापा मगरले खाद्यान्न र चिनीमा प्रतिकेजी ५ रुपैयाँ छुट र तेलमा प्रतिलिटर ७ रुपैयाँ छुट हुने बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय