आगामी चैतको पहिलो साता तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । चैत ३ गतेदेखि परवानीपुर खेलमैदानमा हुन लागेको प्रतियोगिताको तयारी पूरा भएको आयोजक शक्ति युवा क्लबले जानकारी दिएको छ । प्रतियोगितामा बागमती र मधेस प्रदेश अन्तर्गतका ८ वटा टिम सहभागी हुने जनाएको छ ।

प्रतियोगितामा प्रथम हुने क्लबले नगद दुई लाख एक हजार र दोस्रो हुने क्लबले एक लाख एक हजार सहित प्रमाणपत्र र शिल्ड पाउने आयोजकले जानकारी दिएका छन । त्यस्तै प्रतियोगितामा खेलाडीहरुको लागी विभिन्न विद्यामा विद्यागत पुरस्कार पनि राखिएको उनले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय