काठमाडौं । जुम्ला तातोपानी–१ स्थित गणेश माध्यमिक विद्यालयमा छात्रबृत्ति रकम हिनामिनाको आरोपमा प्रधानाध्यापक नरेन्द्रबहादुर महत, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलप्रसाद भट्टराई र लेखा सहायकविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७९÷०८० मा विद्यालयलाई प्राप्त १ लाख ४५ हजार ३ सय ५० रुपैयाँ छात्रबृत्ति रकम लाभार्थीमा वितरण नभएको र झुट्टा भर्पाइ तयार गरी पठाइएको पाइएको जनाएको छ । आयोगले प्रतिवादीहरूले मिलेमतो गरी कागजी विवरणमा फेरबदल गरी छात्रबृत्ति रकम हिनामिना गरेको जनाएको छ ।



विशेष अदालत काठमाडौंमा दायर गरिएको आरोपपत्रमा बिगो रकम कायम गरी कैद र जरिवानाको माग गरिएको छ ।



