मुगुमा हरेक वर्ष जनैपूर्णिमाको अवसरमा धामीझाँक्री छायाँनाथ धाम र ऋणमोझमाईकोमा सुद्धृ हुन जाने चलन छ । पूर्णिमाको दिन गाउँ फर्किएर धामी नाच नाच्ने चलन छ । जनैपूर्णिमाको अवसरमा छायाँनाथ धाम र ऋणमोझमाईमा विशेष मेला लाग्ने गर्द्छ ।
साउन शुक्लपुर्णिमाको अवसरमा छायाँनाथ धाम र ऋणमोझमाईको दर्शन गरेर धामीझाँक्री फर्किने दिन हो । धामीझाँक्री गाउँ फर्कदै गर्दा नाच्दै आउने गर्दछ्न । हरेक वर्ष श्रावण शुक्लपक्ष, अष्टमी तिथिका दिन छायाँनाथ धाम र नवमिको दिन ऋणमोक्ष माइको मुर्ति पवित्र धाम नुहाउन लगिएसँगै छायाँनाथ धाम तीर्थयात्र सुरु भएको मानिन्छ ।
गत सोमबार लगिएको शिवको मूर्ति जनैपूर्णिमासम्म छायाँनाथ धाम र ऋणमोक्ष माईकोमन्दिरमा रहने र दर्शनको लागि मुगुसहित जुम्ला, हुम्ला, कालीकोट, डोल्पा, दैलेख, जाजरकोट , बाजुरा, अछाम, डोटीलगायत जिल्लाबाट तीर्थालु दर्शन गर्न छायाँनाथ धाममा र ऋणमोक्ष माईकोमा आउने गर्दछन्




जनैपूर्णिमामा छायाँनाथधाम र ऋणमोक्ष मा ५ दिनसम्म पूजापाठ, होम ब्रत हुने गर्दछ भने त्यसमा बरदान माग्न १५ जिल्लाबाट तीर्थालुको ओइरा लाग्ने गरेको छायाँनाथ मन्दिरका पूजारी सनत कुमार हमालले बताए । विष्णु शक्तिले झिंगा उत्पादन गरी महादेवले बोकेकी सत्यदेवीको सम्पूर्ण अंग छायाँनाथमा पतन भएको हुँदा त्यस ठाउँलाई छायाँनाथ तीर्थस्थलका रूपमा पुज्न थालिएको पूजारीको भनाइ छ । छायाँनाथ मन्दिरमा जाने तीर्थालुहरूले श्राद्ध, होम, ब्रतबन्ध र आफूले चिताएको बरदान मागेर फर्कने गर्दछन् ।
गत सोमबार प्रस्थान गरेको टोली ९ दिन पछाडी जनै पूर्णिमाका दिनमा धामीझाँक्रीसहित फर्किने र गाउँमा आएर नाच्ने गर्द्छ्न ।



