भूकम्पपछिको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि ७३ अर्ब रुपैयाँ लाग्ने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गत वर्ष भूकम्पले क्षति पु¥याएका डोटीसहित जाजरकोट, रुकुम पश्चिम, बाजुरा, सल्यान र बझाङमा स्थायी संरचना निर्माणका लागि सो रकम आवश्यक पर्ने जनाएको हो । भूकम्पबाट क्षतिपछिको आवश्यकता आकलन कार्यदलले स्थायी संरचना निर्माणमा ७३ अर्ब ७९ लाख र पुनर्निर्माणका लागि ४८ अर्ब २९ करोड ४९ लाख रुपैयाँ लाग्ने अनुमान गरेको हो ।

पुनःस्थापनाका लागि मात्र २८ करोड ९६ लाख लाग्ने प्राधिकरणको अनुमान छ । मठमन्दिर, विद्यालय, सरकारी कार्यालय भवन पुनर्निर्माणका लागि लागि १३ अर्ब ८७ करोड ५४ लाख लाग्ने अनुमान छ । भूकम्पले क्षति पुगेका घरहरू थपिने क्रम जारी रहेकाले त्यस्ता घरधुरीको संख्या ९५ हजार ७ सय ८७ पुग्ने प्रारम्भिक अनुमान छ । भूकम्प प्रभावित पाँच जिल्ला जाजरकोट, रुकुम पश्चिम, बाजुरा, सल्यान र बझाङमा अहिलेसम्म कुल लाभग्राहीको संख्या ६७ हजार ७८० रहेको प्राधिकरणले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय