काठमाडौं । कास्की जिल्ला अदालतले सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएसँगै रुपन्देही जिल्ला अदालतले पनि पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको छ । जिल्ला अदालत रुपन्देहीले लामिछानेसहित १२ जनालाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
लामिछानेलाई ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ गर्न अदालतले अनुमति दिएको हो । उक्त सहकारीको रकम पनि लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया प्रालिमा अपचलन भएको संसदीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ।



लामिछानेलाई दोस्रो पटक अनुसन्धानका लागि ७ दिन म्याद थप भएको छ । यसअघि ६ दिन म्याद थपिएको थियो ।



