झापा । झापा बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटीलाई उच्च अदालत विराटनगरले धरौटीमा छाड्न आदेश दिएको छ। आफ्नै संरक्षणमा रहेकी एक नाबालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा पूर्वमेयर शिवाकोटीमाथि उच्च अदालत विराटनगरले धरौटीमा छाड्न आदेश दिएको हो ।

न्यायाधीशद्वय किरणकुमार पोखरेल र रेखा थापा पाण्डेको इजलासले बिहीबार शिवाकोटीलाई २० लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । नेकपा एमालेका नेतासमेत रहेका शिवाकोटीलाई झापा जिल्ला अदालतले २०८१ पुस २२ मा निर्दोष हुन् भन्न सकिनेस्थिति नभएको भन्दै पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

अदालतले थुनामा पठाएपनि स्वास्थ्य अवस्थाको कारण देखाउँदै शिवाकोटी बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा ५ महिनादेखि उपचार गराउँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय