काभ्रे जिल्लाको सदरमुकाम छेउमा रहेको अरनिको राजमार्गको धुलिखेल–खावा ४ किलोमिटर सडक यतिखेर निर्माण सम्पन्न भएर पिच भईसक्नु पर्थ्यो । तर ठेकेदारको लापरवाहीले धुलिखेल–खावा सडक खण्ड हिलो र पहिराले कन्तबिजोक बनेको छ । उक्त बाटो हिलाम्य हुँदा दैनिक यातायात आवतजावतमा कठिनाई भइरहेको छ । धुलिखेल – ८, पुकुचा देखि जिपलाइन– खावासम्मको क्षेत्रमा पहिरो र हिलोले सबैभन्दा बढी जोखिम बनेको छ । धुलिखेल–खावा सडक दैनिकजसो अबरुद्ध हुँदा यात्रुहरुले कष्टकर यात्रा गर्न बाध्य छन् । हिलाम्मे सडकमा घुड़ासम्म हिलो अनि ४ किलोमिटर सडक कटाउन २ देखी ५ घण्टा लागेको बताउदई कष्टकर यात्रा गर्नुपरेको सडक प्रयोग गरेका यात्रुहरू बताउँछन् ।

निर्माण व्यवसायी गौरी–पार्वती निर्माण सेवा प्रा.लिले समयमै काम नसक्दा अहिले यो सडकमा विस्तार कार्य अलपत्र मात्र हैन सयममै काम नगरिदिँदा विगत ३ वर्षदेखि धुलिखेल–खावा सडक खण्डमा यात्रा जोखिमपूर्ण बनिरहेको छ । सडकखण्ड स्तरोन्नतिसहित विस्तारका लागि सडक डिभिजन कार्यालय र निर्माण कम्पनीबीच २०७९ जेठ २० गते २२ महिनामा सम्पन्न गर्नेगरी २० करोड १९ लाख ४६ हजार पाँच सय एक रुपैयाँमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो । चार किलो मिटर सडकखण्डमध्ये निर्माण कम्पनीले करिब ३३ प्रतिशत काम सकेको छ ।

धुलिखेल–खावा सडकखण्डलाई १२ मिटरको फराकिलो बनाई कालोपत्रे गर्नको लागि काम सुरू भएको थियो । नेपालको उत्तरी नाका तातोपानी पुग्न अरनिको राजमार्ग हुँदै जाने गरिन्छ । सिन्धुपाल्चोक, रामेछाप, दोलखालगायत विभिन्न स्थानबाट आवतजावतका लागि यही राजमार्गको सडक प्रयोग गर्ने गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय