काठमाडौं । प्रा.डा. गोविन्द केसीले आमरण अनशन तोडेका छन् ।
द्वन्द्व पीडित भानुप्रताप शाह लगायतले जुस खुवाएर डा. केसीको अनशन ६ दिन पछि तोडाएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा सहितका माग राखेर डा. केसीले २९ वैशाखमा अनशन थालेका थिए । पशुपति मृगस्थलीमा अनशनरत केसीको मुटुको चालमा समस्या देखिनुका साथै रगतमा सुगरको मात्रामा कमी देखिए पछि बुधबार साँझ त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।केसीलाइ चिकित्सकहरूले जुनसुकै बेला अझ गम्भीर भई जीवनलाई खतरा हुनसक्ने चेतावनी दिएपछि अनशन तोड्न सहमत भएका हुन् ।शासकहरूको नियतलाई दृष्टिगत गरी अनशन तोड्न सहमत भएको डा. केसीले बताए ।







