बनेपा । किसानले बनेपामा रहेको दुग्ध विकास संस्थान (डीडीसी)को दुध संकलन केन्द्रको मुख्य गेटमा ताला लगाइदिएका छन् । विगत ५ महिना देखि रोकिएको पैसा नदिई कात्तिक १ गतेबाट विना सूचना किसानको दुध नलिने डीडीसीको निर्णयप्रति आक्रोशित किसानले संस्थानको कर्मचारीलाई भित्रै राखेर गेटमा ताला लगाईदिएका हुन । कर्मचारीलाई भित्रै राखेर विहान १० बजे ताला लगाए पनि १ घण्टापछि कर्मचारीलाई भने किसानले बाहिर निस्कन दिएका थिए ।

डीडीसीले बनेपामा मात्र ६ करोड भन्दा बढि भुक्तानी गर्न बाँकी छ । सरकारले केही समय अघि निकासा गरेको ६० करोडमा बनेपाका कृषकहरुले जम्मा ४५ दिन (तीन फारम) को मात्र भुक्तानी पाएका थिए । किसानले जबसम्म दुधको भुक्तानी पाउँदैनन् तबसम्म तालाबन्दी नखुल्ने बताएका छन् । २४ वर्षदेखि डीडीसीलाई दुध दिएको अहिले एक्कासी आएर दुध लिन्न भन्नु किसानको अपमान भएको बताउँछन् । डीडीसीले गत असोज १६ गते सम्पूर्ण संकलन केन्द्रलाई पत्र लेख्दै नेपाल सरकारको नियमअनुसार दर्ता भएका सहकारी संस्थाबाहेकका नीजि फर्म तथा किसानहरुको दुध संकलन नगर्न परिपत्र गरेको थियो ।

काभ्रेमा सेतीदेवी र देउराली सहकारीबाट बाहेक अन्य ९ बटा नीजि क्षेत्रबाट संकलन भएका दुध २४ वर्षदेखि डीडीसीले लिदै आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय