नेपालगन्जको पुष्पलालचोक स्थित प्रहरी गुल्म नजिकै रहेको तलाउमा डुबेर मृत्यु भएका सल्यान निवासी एकजनाको सनाखत भएको छ । वनगाड कुपिण्डे नगरपालिका ३ सल्यान घर भएका ६२ बर्षिय तेजबहादुर कामी घरबाट रोजगारका लागि भारत जाने क्रममा नेपालगन्जको पुष्पलालचोकबाट मंसिर २४ गतेदेखि सम्पर्क बिहिन भएका कामीको सव तलाउमा डुबेर मृत्यु भएको अवस्थामा फेला परेको हो ।
तेजबहादुर कामी हराएको भनेर सूचना आएपछि बाँके प्रहरी र मृतकका परिवारका सदस्यले खोजतलास गरिहेको र हराएको सूचना सामाजिक सञ्जालमा राखिएतापनि कतैबाट सूचना नआएको अवस्थामा आज मृतक कामी गुल्म नजिकै रहेको तलाउमा डुबेर मृत्यु भएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक नारायण डाँगीले जानकारी दिए । उनले घट्नावारे मृतकका परिवारलाई जानकारी गरिएको र घट्नावारे प्रहरीले थप अनुसन्धान गरिहेको बताए ।






