काठमाडौं – तारकेश्वर नगरपालिका–२ भेडीगोड नजिकै सुख्खा पहिरो खस्दा एक घरमा क्षति पुगेको छ। पहिरो खसेपछि घरको संरचनामा क्षति पुगेको स्थानीयले बताएका छन्। घटनाको जानकारी पाएलगत्तै जितपुर धर्मस्थली प्रहरीका इन्चार्ज प्रहरी नायव निरीक्षक यमबहादुर थापाको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी टोलीले घटनास्थलको निरीक्षण गरी जोखिमको अवस्था बुझ्नुका साथै आवश्यक व्यवस्थापनको काम गरिरहेको छ।
पहिरोका कारण थप क्षति हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै आसपासको क्षेत्रको अवस्थासमेत निगरानीमा राखिएको प्रहरीले जनाएको छ। घटनामा मानवीय क्षति भए–नभएको तथा घरमा भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ।



स्थानीयलाई सम्भावित जोखिमप्रति सचेत रहन र पहिरोको जोखिम देखिए सुरक्षित स्थानमा जान प्रहरीले आग्रह गरेको छ। पछिल्लो समय वर्षाका कारण काठमाडौं उपत्यकाका विभिन्न स्थानमा पहिरो तथा डुबानको जोखिम बढेकाले जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन आवश्यक देखिएको छ।



