काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद भएको छ । भन्सारबाट बाहिरिसकेपछि प्रहरीको टोलीले सुन बरामद गरेको हो । सुनसहित इजिप्टका नागरिक सरिफ मोहमद लासिम पक्राउ परेका छन । शंकास्पद लागेपछि चेकजाँच गर्ने क्रममा भन्सार एरिया कटेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले शंकास्पद थप दुई सुडानी नागरिकहरुलाई पनि नियन्त्रणमा लिएको छ । उनिहरुमाथी अनुसन्धान भइरहेको छ । विगतमा यूएई हुँदै नेपालमार्फत भारतमा तस्करी हुने सुनमा पनि सुडानी नागरिकको संलग्नता देखिँदै आएको छ । १४ किलो सुनसहित बिहीबार ११ः४० बजे काठमाडौ अवतरण गरेका गोरखाका चन्द्र घले आएकै बिमान फ्लाई दुबईको एफजेड ५७३ विमानमार्फत नै अवतरण गरेका इजिप्टका नागरिक संग सुन बरामद भएको हो । उनले सुनलाई अर्ध ठोस बनाएर ल्याएका थिए, अघिल्लो घटनामा जस्तै ज्याकेटभित्र राखेर उनले सुन ल्याएको प्रहरीले बताएको छ ।






