काठमाडौं । दशैं सकिएलगत्तै गुल्मीका कोतघरमा सरायको रौनक देखिएको छ । नेपालका पश्चिमी जिल्लामा सराय नाच्ने गरिन्छ । एकादशीदेखि कोजाग्रत पूर्णिमासम्म नाचिने सरायमा खुडा, भाला, तरवार, खुकुरी जस्ता युद्धमा प्रयोग हुने हतियार प्रदर्शन गरी ‘वाख्खै वा’ शब्द उच्चारण गरी गरिन्छ । गुल्मी, अर्घाखाँची, प्यूठानलगायतका जिल्लामा एकादशी, द्वाद्वसी, त्रायोदशी र पूर्णिमाको दिन फरक–फरक ठाउँमा सराय नाच्ने गरिन्छ ।

गुल्मीको इस्मा मैदान, धुर्कोट कालिका मन्दिर, वाग्ला कोत, राङदलचौर, कुमारीदेवी मन्दिरलगायतका स्थानमा सराय नाचिएको छ । पूर्णिमाको दिन धुर्कोट कोत, अर्जै, मुसिकोटलगायतका स्थानमा सराय नाचिन्छ । रङ्गीचङ्गी ध्वजापतकाले सिङ्गारिएको आलमलाई भगवानको प्रतीकको रूपमा लिइन्छ । लाइनमा रहेका सयौं भक्तजन एक समूहले अर्को समूहलाई आक्रमण गरे जस्तो देखिने सराय नाँच रमाइलो संस्कृतिका रूपमा लिइन्छ । राक्षससँगको लडाइँमा सत्यको विजयपछि सत्यका पुजारीले विजयोत्सव स्वरूप कोत र दुर्गा भगवती तथा कालिका मन्दिरमा हतियार नचाएर सराय नाच्न थालिएको हो । यसरी नाच्दा देवी प्रसन्न हुने धार्मिक विश्वास गरिन्छ ।

सरायको किंवदन्ती

घटस्थापनादेखि ९ दिनसम्म देवीको पुजा गर्दा महाकाली उत्पति भइन् । पछि महाकाली ठूली हुँदै गइन् र राक्षसलाई मारिन् । त्यसपछि रामचन्द्रले राउण्डेलाई मारे । ९ दिनसम्म पूजा गरी राक्षसलाई मारेको उत्सवस्वरूप दशैंको टीका लगाउने चलन बस्यो । त्यसैगरी राउण्डेलाई मारेको उत्सवमा हजारौं वर्षअघि द्वापरयुगमा सराय खोल्न थालिएको इतिहास छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय