काठमाडौं – चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित केउरानी सामुदायिक वन उपभोक्ता समूहले शनिबार वृक्षरोपण कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा प्रतिनिधिसभाका सभामुख डीपी अर्याल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा सभामुख अर्यालले वृक्षरोपण गर्दै वन संरक्षण, जैविक विविधताको जगेर्ना तथा वातावरण सन्तुलन कायम गर्न सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो। उहाँले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि वृक्षरोपण प्रभावकारी माध्यम भएकाले यस्ता अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।

केउरानी सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा भएको कार्यक्रममा स्थानीय जनप्रतिनिधि, वन उपभोक्ता, सामाजिक अभियन्ता तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले सामुदायिक वन क्षेत्रमा विभिन्न प्रजातिका बिरुवा रोप्दै हरियाली प्रवर्द्धन र वातावरण संरक्षणमा सामूहिक प्रतिबद्धता व्यक्त गरेका थिए। आयोजकका अनुसार वन क्षेत्रको संरक्षण, हरियाली विस्तार तथा समुदायमा वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले वृक्षरोपण कार्यक्रम आयोजना गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय