काठमाडौं । ललितपुरको मंगलबजारमा ११ वर्षीया बालिकाको हत्यामा संलग्न आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । सामान्य विवादमा दुर्गा बोहराको हत्या गरी पानी ट्याङ्कीमा फालेर भाग्ने उनकै कान्छो दाजुलाई प्रहरीले पक्राउ गरेको हो ।

मंगलबजार बस्ने भगवती बोहराले आफ्नी छोरी दुर्गा बोहरा चैत ४ गते रातिदेखि हराएको भनि जिल्ला प्रहरी परिसर ललितपुरमा निवेदन दिनुभएको थियो । खोजतलास गर्दा चैत २९ गते ललितपुर महानगरपालिका वडा नम्बर ९ स्थित खपिन्छेँस्थित बाबुराजा अवालेको पुरानो घरको भुई तलामा रहेको पानी ट्याङकीमा सडेगलेको अवस्थामा शव भेटिएको थियो । अनुसन्धानको क्रममा मृतककी आफ्नै कान्छो दाइले नै बहिनीको हत्या गरेको प्रहरीले बताएका छ ।

अनुसन्धानबाट खुल्न आएका तथ्यहरुः

१. मिति २०८१-१२-०६ गते जिल्ला बझाङ सुर्मा गा.पा. वडा नं. ०४ घर भई हाल जिल्ला ललितपुर ल.पु.म.न.पा. वडा नं. १२ मंगलबजार बस्ने मदन बोहरा र भगवती बोहराको छोरी वर्ष ११ की दुर्गा बोहरा चैत ४ गतेदेखि हराएकी ।

२. आमा भगवती बोहराले छोरी हराएको भनी खोज तलासको लागी जिल्ला प्रहरी परिसर ललितपुरमा निवेदन दिएको ।

३. मिति २०८१-१२-२९ गते बिहान अन्दाजी १० बजेको समयमा जिल्ला ललितपुर ल.पु.म.न.पा. वडा नं. ०९ खपिन्छेस्थित बाबुराजा अवालेको ५ तल्ले घरको भुईँ तल्लामा रहेको प्रयोगविहीन सिमेन्टले बनाएको पानी ट्याङ्कीमा ११ वर्षीया दुर्गा बोहराको लास भेटिएको ।
४. बाबुराजा अवालेको उक्त घरमा मृतकहरू भाडामा बसेको र मिति २०८१-११-२५ गते अन्यत्र कोठा सरेको ।

५. उक्त घरमा भाडामा बस्ने अर्को चमेली सुनारको परिवार पनि मिति २०८१-१२-०२ गते अन्यत्र कोठा सरे पश्चात् सो घरमा कोही नबसी घर खाली भएको ।

६. मिति २०८१-१२-०४ गते मृतक र उनको दाजु पहिला डेरामा बस्ने गरेको अवालेको घरतर्फ जाँदै गरेको सीसीटीभी फुटेजमा देखिएको ।

७. दाजु बहिनीसँगै गएको फुटेज भेटिएपश्चात् दाजुमाथि शंका लागी सोधपुछ गर्दा उसैले कोठा सर्दा छुटेका कपडाहरू लिन भनी दाजु बहिनी गएकोमा सामान्य विवाद हुँदा बहिनीलाई पिटी उक्त ठाउँमा रहेको नाइलनको डोरीले पछाडिबाट घाँटी कसेर भुईँमा लडाएर भागेको ।

८. दाजु बहिनीले नै लागुऔषधको ट्याबलेट खाएको र त्यसको नशामा उक्त घटना हुन पुगेको ।

९. मिति २०८१-१२-०५ गते बिहान नशाले छोडेपछि आफूले हिजो बहिनीमाथि गरेको आक्रमण सम्झी उक्त घटनास्थलमा गई हेर्दा बहिनीको मृत्यु भएको र बहिनीको लास भुईँ तल्लाको भर्याङको छेउमा देखेपछि लास ट्याङ्कीमा हाली छोपेर गएको ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय