पाल्पा – पहिलो चरणको दादुरा रुबेला खोप अभियानको तयारी पूरा भएको छ । यही फागुन १३ देखि १७ गतेसम्म संचालन हुने दादुरा–रूबेला खोप अभियानको तयारी पूरा भएको आइतबार तानसेनमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको हो । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार पहिलो चरणमा तानसेन नगरपालिका, बगनासकाली, रिब्दीकोट, तिनाउ, माथागढी र रैनादेवी छहरा गाउँपालिकामा अभियान संचालन हुने स्वास्थ्य कार्यालय प्रमुख डाक्टर राजेन्द्र गिरीले जानकारी दिनुभयो ।

पाल्पामै दोस्रो चरणको खोप अभियान फागुन २१ गतेदेखि २७ गतेसम्म चल्नेछ । त्यस अन्तर्गत रामपुर नगरपालिका, रम्भा, पूर्वखोला र निस्दी गाउँपालिकामा संचालन हुने स्वास्थ्य कार्यालयका फोकल पर्सन विश्वनाथ न्यौपानेले जानकारी दिनुभयो । अभियानका लागि जिल्लामा २ सय ७९ वटा खोप केन्द्र तोकिएको छ । स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयंसेविका गरी ५ सय ६० जनशक्ति परिचालन हुने फोकल पर्सन न्यौपानेले जानकारी दिनुभयो । यसका साथै आवश्यक भ्याक्सिनहरू सम्बन्धित केन्द्रमा ढुवानी सुरु भइससकेको छ । अभियानमा ९ महिनादेखि ५ वर्षभित्रका १७ हजार ८ सय ४५ बालबालिकालाई खोप लगाइनेछ ।

स्वास्थ्य कार्यालय, पाल्पाले पाल्पा जिल्लास्तरीय योजना तर्जुमा, खोक कार्यकर्ता तालिम, स्वयंसेवकको अभिमुखीकरण, पालिका र वडा खोप समन्वय समितिसँग अन्तरक्रिया कार्यक्रम गरेको जनाएको छ । तोकिएका खोप समयमा लगाएर बालबालिकालाई निरोगी बनाउने अभियानमा लाग्न नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष रेखीराम रानाले बताउनुभयो । बाबुआमाको सामान्य वेवास्ताले बालबालिका जीवनभर रोगी बन्न सक्ने बताउँदै ‘दादुरा–रूबेला खोप युक्त घोषणा गर्नको लागि सिफारिस भन्दा पनि बालबालिकालाई खोप लगाउनुबाट बञ्चित हुने अवस्था आउनु नदिन तर्फ सचेत हुनुपर्ने बताउनुभयो ।

दादुरा र रुबेला बिरुद्धको खोप दिनुनै रोगबाट बच्ने भरपर्दो उपाय हो । सुई लगाएको ठाउ“मा दुख्ने, सामान्य ज्वरो आउने, विमिरा आउने जस्ता सामान्य असर देखिएपनि त्यस्ता असर केहीसमयपछि निको हुने गर्छ । दादुराका बिरामीहरुको अनुसन्धान गर्दा दादुराजस्तै देखिने रुबेलाका बिरामीहरु धेरै संख्यामा देखापरेको हुंदा सरकारले खोप अभियान संचालन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय