काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुई तिहाई भन्दा बढी सांसदले विश्वासको मत दिएका छन् ।

प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीले विश्वासको मतको प्रस्ताव राख्नुभएकोमा पक्षमा १८८ मत पर्यो । विपक्षमा ७४ मत पर्दा कतै पनि मत दिन्न भन्ने पक्षमा १ मत पर्यो । मतदान प्रक्रियामा २६३ जना सांसद सहभागी थिए ।

यसअघि संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री बन्नुभएको पुष्पकमल दाहालले २८ वैशाखमा विश्वास गुमाएपछि ओली सोही धाराअन्तर्गत प्रधानमन्त्री नियुक्त हुनुभएको हो । तर ओलीको नियुक्ति प्रक्रिया विवादित बन्न पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय