काठमाडौं । देशले आज नयाँ प्रधानमन्त्री पाउँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ४५औँ प्रधानमन्त्री नियुक्त गर्दै हुनुहुन्छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभाको बैठकमा प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव पारित नभएपछि नयाँ सरकार गठन प्रक्रिया अघि बढेको हो ।

राष्ट्रपति पौडेलले साँझ ५ बजे नेपालको संविधानको धारा ७६ को उपधार २ बमोजिम दलहरुलाई प्रधानमन्त्रीमा दाबी पेस गर्ने समय दिनुभएको छ ।

शुक्रबार नै एमाले अध्यक्ष ओलीले कांग्रेसको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेश गरिसकेका छन् । ओली प्रधानमन्त्री नियुक्त हुने र सोमबार शपथ गराउने राष्ट्रपति कार्यालयको तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय