लमजुङको दोर्दी गाउँपालिकामा करिब ७ सय रोपनी क्षेत्रफलमा व्यावसायिक रूपमा अकबरे खुर्सानीको खेतीले उत्पादिन दिन सुरु गरेको छ ।गाउँपालिकाको सहयोगमा दोर्दीका किसानहरुले खेर गइरहेको खेतबारीमा अकबरे खुर्सानी लगाएका छन् । करिब गाउँपालिका भरिका ३ सय भन्दा बढी किसानहरूले खुर्सानी खेतीमा संलग्न भएका छन् ।दोर्दी गाउँपालिका यसअघि २० रोपनीमा परीक्षणका रुपमा खुर्सानी खेती गरिएकोमा सफल भएपछि गत आर्थिक वर्षमा गाउँपालिका भरिका किसानले अकबरे खुर्सानी रोप्न सुरु गरेका थिए । गाउँपालिकाको ५० प्रतिशत लागत अनुदान तथा प्राविधिक सहयोग, र बजारको सुनिश्चित भएपछि यत्तिकै मिल्किएको बाँझो र पाखो बारीमा पनि अहिले खुर्सानी रोपेर उत्पादन लिन थालेपछि किसानहरु खुशी भएका छन् ।
अहिले अकबरे खुर्सानी फलेर अहिले विक्री वितरण भइरहेको छ । गाउँपालिकाले उत्पादन भएको खुर्सानीलाई काठमाडौँ, पोखरा, चितवन, बुटवललगायत शहरसम्म पुगेर बिक्री गर्ने योजनासहित मासिक हाटबजार व्यवस्था र जनता एग्रो कम्पनीसँग बिक्री सम्झौता समेत गरेको छ । गाउँपालिकाले कृषकहरूलाई व्यवसायीक अकबरे खुर्सानी खेतीको लागि लागतको ५०५ अनुदान अर्थात् ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । साथै, बीउ, मल्चिङ प्लास्टिक, तालिम, स्प्रेयर लगायतका सहयोग पनि प्रदान गरिएको छ ।



खुर्सानीबाट यस वर्ष ४ सय देखि ५ सय मेट्रिक टन उत्पादन हुने र करिब रु ५ करोड सम्म आम्दानी हुने अनुमान गरिएको छ। एक पटक रोपेको खुर्सानीको विरुवाले ३ वर्षसम्म पनि उत्पादन दिने भएकाले अर्कोवर्ष यहि विरुवालाई लागत पनि न्यून हुने र राम्रो आम्दानी पनि हुने प्रमुख पौडेलले बतउनुभयो । अहिलेसम्म ८ सय केजी बिक्री भैसकेको गाउँपालिकाले जनाएको छ । हप्ताको प्रत्येक आइतबार र विहिबार बिहान सेरा बजारमा रहेको तरकारी संकलन केन्द्रमा खुर्सानी जम्मा गरिन्छ र त्यँहीबाट काठमाडौं पठाउने गरिएको छ । ब्यवसायिक तथा व्यवस्थित बनाउन वडास्तरीय किसान सञ्जाल समेत गठन गरिएको छ, जसले कृषि सहकारी मार्फत उत्पादन र बजार व्यवस्थापनमा सहयोग पु¥याउनेछ। गाउँपालिकाले आगामी वर्ष अझ धेरै ठाउँमा अकबरे खुर्सानी रोपेर १ हजार रोपनी सम्म पुराउने लक्ष्य राख्दै यही खुर्सानी खेतीलाई दोर्दी गाउँपालिकाको स्थायी व्यवसाय बनाउने सोचमा अगाडि बढिरहेको छ ।परम्परागत कोदो खेतीबाट खुर्सानी खेतीमा स्थानान्तरण गर्दा किसानहरूको आम्दानीमा बृद्धि भएको र जीवनस्तर सुधार भएको छ ।



