दोलखा प्रहरीले चिनीयाँ नाकाबाट तस्करी गरेर ल्याएका थप ४ किलो सुन बरामद गरेको छ । विगु गाउँपालिका–१ लामाबगरबाट बारीमा ढुंगाले थिचेर लुकाएको अवस्थामा आज दिउँसो थप ४ किलो सुन बरामद गरेको हो । बिगु गाउपािलका १ लामनबगरको आङफुर्वा शेर्पा बारीको ढुङ्गा माथि लुकाएर राखेको अबस्थामा सुन बरामद भएको हो ।
सुन तस्करी गरे ल्याउने व्यक्ति भनेर फरार रहेको प्रहरीले जनाएको छ । यो सहित प्रहरीले गएको ५ दिनमा ११ किलो सुन बरामद गरेको छ । सुन तस्करीमा संलग्न थप २ जना पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा विगु गाउँपालिका–१ लामाबगर ३० वर्षीय चसमान तामाङ र अन्दाजी २७ वर्षीय राज तामाङ रहेको प्रहरीले जनाएको छ ।



विगु गाउपालिका–३ जामुनेबाट प्रहरीले चीनबाट अवैधरुपमा ल्याएर लुकाएको सुन बुधबार ४ किलो र शुक्रबार ३ किलो सुन प्रहरीले पक्राउ गरेको थियो । सुन तस्करीको आरोपमा हालसम्म एकै गाउँका ७ जना पक्राउ परेको प्रहरीले जनाएको छ । फलाकबाट चीनको रोङजिया नाकाबाट ठूलो परिमाणमा सुन पैदलमार्गबाट भित्रिएको अनुमानमा प्रहरीले उक्त क्षेत्रमा निगरानी बढाएको छ ।



