सुनसरीको धरानमा शुक्रबार रातिदेखि लगाइएको निषेधाज्ञा हटेको छ । स्थानीय प्रशासनले निषेधाज्ञा हटाएसँगै आज बिहानैबाट धरानमा चहलपहल शुरु भएको छ । साम्रदायिक सद्भाव कायम राख्नका लागि भन्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय सुनसरीले धरान उपमहानरपालिका क्षेत्रमा शुक्रबार रातिदेखि शनिबार रातिसम्म निषेधाज्ञा जारी गरेको थियो ।

निषेधाज्ञाका कारण शनिबार दिनभर धरान सुनसान बनेको थियो । जातीय र धार्मिक विवाद बढ्दै गएपछि सम्भावित हिंसा रोक्न धरानमा निषेधाज्ञासँगै ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । निषेधाज्ञाको अवधिमा कुनैपनि अप्रिय घटना नभएपछि स्थानीय प्रशासनले आज बिहानदेखि निषेधाज्ञा हटाएको हो ।

धरानमा सामाजिक एकता कायम राख्न विभिन्न राजनीतिक दल, प्रधानमन्त्री, कांग्रेस सभापति, धरानका मेयर, राष्ट्रिय मानवअधिकार आयोग, पूर्व मेयर, विभिन्न संघसंस्था र नागरिक समाजले अपील गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय