उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भूटानी शरणार्थी प्रकरणमा राज्यले थालेको अनुसन्धान खेर नजाने बताएका छन् । शनिवार काठमाडौंमा स्थानीय तहका दलित जनप्रतिनिधिको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले नक्कली शरणार्थी प्रकरणको अनुसन्धान स्वतन्त्र र निष्पक्ष रुपमा गरी दोषीमाथि कारबाही गरिने बताएका हुन् । उनले भ्रष्टाचार र अनियमिततामा संलग्न भएको प्रमाणित भए अन्य पार्टीका मात्र नभई आफ्नै पार्टीका नेतालाई पनि कारबाही गर्न पछि नहट्ने चेतावनी दिए ।

उपप्रधानमन्त्री श्रेष्ठले कसैले बढुवा, सरुवाका निम्ति अनियमितता गरेर रकम दिने र लिने गरेको पाइए जेल हाल्ने चेतावनी पनि दिए । उनले आफू सयौँ पटक चुनाव हार्न तयार रहेको तर निष्पक्षता र संवैधानिक मूल्य मान्यता विपतिका काम गर्न नसक्ने पनि बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय