काठमाडौं । नागढुंगा प्रहरीले चेकजाँचको क्रममा यात्रुबहाक बसबाट १० केजीको ५० वट्टा अवैध काजु बरामद गरेको छ ।
काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर २ स्थित नागढुंगामा प्रहरीले यही कात्तिक १५ गते ५ सय केजी काजु बरामद गरेको हो । जनकपुरबाट काठमाडौं आएको बस चेकजाँचको क्रममा काजु बरामद गरिएको र विल, कागजात केही पनि नभेटिएकोले भन्सार छली गरी ल्याइएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ । प्रहरीले काजुधनी नभेटिएपछि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको छ ।



नागढुंगा प्रहरीले कात्तिक १५ गते काजु नियन्त्रणमा लिएपनि तिहारको विदा परेकोले विभागमा आजमात्र पठाइएको जानकारी दिएको छ ।



