काठमाडौं – नेकपा एमालेले सुन तस्करी प्रकरणमा स्वतन्त्र र निष्पक्ष उच्चस्तरीय छानबिन समितिको अडानबाट पछि नहट्ने भएको छ ।पार्टी कार्यालय च्यासल ललितपुरमा विशेष पत्रकार सम्मेलन गर्दै एमालेले उच्चस्तरीय छानबिन आयोग गठन एमालेको सर्त यथावत रहेको बताएको हो । पार्टीले अघि सारेको माग पुरा नभएसम्म दबाबका कार्यक्रम जारी नै राख्ने एमालेले स्पष्ट पारेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले सत्ता संरक्षित र सुनियोजित ढंगले भएको सुन तस्करी प्रकरणका घटना बारम्बार दोहोरिएकाले गहिराइमा पुगेर अनुसन्धान हुनुपर्ने एमालेको माग छ । पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी ओलीले प्रमुख प्रतिपक्षी नेकपा एमालेले सय केजी सुन तस्करीबारे उच्चस्तरीय छानबिन समिति बनाउँदा भन्दा सरकार तर्सिने गरेको बताउनु भयो ।गृह मन्त्रालयकै नेतृत्व जोडिएको प्रकरणमा एसपीको नेतृत्वमा छानबिन समिति बनाउँदा एसएसपीको निर्देशनले अभियुक्त उम्किने उहाँको भनाइ छ । अध्यक्ष ओलीले आफूहरु अहिले संसद् चलाउन खोजिरहे पनि सत्ता पक्षले नै अवरोध गरिरहेको बताउनु भयो ।

https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय