झापा इनर्जी लिमिटेडको अग्रसरतामा पूर्वी नेपालमा सौर्य ऊर्जामा आधारित विद्युत् परियोजनाले उत्पादन सुरु गरेको छ । कोशी प्रदेशकै ठूलो र नेपालकै ठूलो मध्येको एक परियोजनाले परीक्षण उत्पादन गरिरहेको हो ।झापा इनर्जी लिमिटेडको अग्रसरतामा पूर्वी नेपालमा सौर्य ऊर्जामा आधारित विद्युत् परियोजनाले उत्पादन सुरु गरेको हो । कोशी प्रदेशकै ठूलो र नेपालकै ठूलो मध्येको एक परियोजनाले परीक्षण उत्पादन गरिरहेको छ । झापाको शिवसताक्षी–४ स्थित सालमारामा स्थापना भएको परियोजनाले बाक्लो कुहिरोका बीच पनि दैनिक ६ मेगावाट बिजुली उत्पादन गरिरहेको छ । परिजनास्थलमा २१ हजार ६ सय २१ वटा प्यानल राखिएका छन् ।
करिब ८३ करोड रुपैयाँको लागतमा १० मेगावाट क्षमताको सौर्य विद्युत् परियोजनाले परीक्षण उत्पादन गरिरहेको झापा इनर्जीले जनाएको छ ।मौसम सफा हुनासाथ परियोजनाबाट दैनिक १० मेगावाट बिजुली उत्पादन हुनेछ । सौर्य ऊर्जामार्फत उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणको बोलोचोक सबस्टेसनमा जोडिएको झापा इनर्जीले जनाएको छ ।



ऊर्जा संकट घटाउँदै आर्थिक समृद्धिको अभियानमा जनस्तरबाट सहयोग गर्नेगरी झापा इनर्जी लिमिटेडको अग्रसरतामा विद्युत परियोजना सुरु भएको हो । सोलार टुरिजम प्रवर्द्धन गर्ने गरी परियोजनाको काम अगाडि बढाइएको जनाइन्छ । परियोजनाबाट वार्षिक १करोड ७६ लाख १० हजार युनिट विद्युत उत्पादन हुन्छ । जसलाई १२ करोड ८५ लाख रुपैंयामा विक्रि गर्न सकिन्छ । परियोजनाको खरिद विक्री सम्झौता २५ वर्ष हुने छ । परियोजनाको माघ २३ गते पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । ।



