नेपालगन्जमा सम्पन्न ९ औं धारा नेपालगन्ज म्याराथनको उपाधी एपिएफका गोपिचन्द्र पार्कीले हात पारेका छन् । गत वर्षको विजेता त्रिभुवन आर्मीका खड्कबहादुर खड्कालाई पछि पार्दै पार्कीले उपाधी जितेका ह्ुन् । एपिएफका पार्कीले २ घण्टा २१ मिनेट ३९ सेकेन्डमा ४२ किलोमिटर पार गर्दै २ लाख रुपैयाँ पुरस्कार जिते । गतवर्षका विजेता त्रिभुवन आर्मीका खड्काले २ घण्टा २२ मिनेट ९ सेकेन्डमा निर्धारित दूरी पार गर्दै दोस्रो स्थानमै चित बुझाएका छन् । एपिएफकै किरणसिंह बोगटीले २ घण्टा २५ मिनेट ४४ सेकेन्डमा पार गरेर तेस्रो भएका छन् ।

खड्का र बोगटीले १ लाख र ५० हजार पुरस्कार हात पारेका छन् । हाफ म्याराथनमा धादिङकी सन्तोषी श्रेष्ठले १ घण्टा २० मिनेट ५२ सेकेन्डमा २१ किलोमिटरको दूरी पार गर्दै ह्याट्रिक गरेकी छिन् । एपिएफकी फुलमति रानाले १ घण्टा २१ मिनेट ९ सेकेन्ड र पुष्पा भण्डारीले १ घण्टा २३ मिनेट ३५ सेकेन्डमा निर्धारित दूरी पार गर्दै दोस्रो र तेस्रो भएकी छिन् । उनीहरुलाई क्रमशः ७५ हजार, ५० हजार, २५ हजार पुरस्कार प्राप्त गरेका छन् ।

क्रियटिभ ह्याण्ड्सको आयोजनामा भएको कार्यक्रममा महानायक राजेश हमाल र नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले म्याराथनको उदघाटन गरेका थिए । नवौं धारा नेपालगन्ज म्याराथनको ४२ किलोमिटर, २१ किलोमिटर महिला, १० किलोमिटर पुरुष, ५ किलोमिटर ब्वाइज, ३ किलोमिटर गल्र्स, २ किलोमिटर कर्पोरेट, किड्स र ह्वील चियरमा प्रतिस्पर्धा गराइएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय