काठमाडौं । नेपाली कांग्रेसको संवाद यात्रा सुरु भएको छ । गत माघ २२ गते नवलपरासीको गोपीगञ्जमा पुगेर रोकिएको यात्रा आजबाट पुनः सुरु भएको हो ।
कांग्रेस महामन्त्री गगन थापाले संवाद यात्राको श्रृंखला गोपीगञ्जबाटै सुरु गरिने बताउनु भएको छ । उहाँले आफुहरुले बोल्ने भन्दा पनि स्थानीयसँग छलफल गर्ने र उनीहरुको समस्या, गुनासो सुन्ने र समस्या सम्बोधनको पहल गर्ने नै यात्राको मुख्य उद्देश्य रहेको बताउनु भयो ।



महामन्त्री थापाले चैत १५, १६ र १७ गते रुपन्देही, नवलपरासी, कपिलवस्तु, दाङ र बाँकेका विभिन्न स्थानमा पुग्ने बताएका छन् ।



