नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पछिल्लो समयमा नेपाली कांग्रेस कांग्रेस जस्तो नभएको बताएकाछन् । सो कुरा माहामन्त्री थापाले आज सिन्धुली जिल्लाको दुधौलीमा नेपाली कांग्रेसको नगर सम्मेलनलाई सम्बोधन गर्दै बताएकाहुन ।
सो अवसरमा महामन्त्री थापाले नेपाली कांग्रेसको आफ्नै विरासत र ईतिहास भएकोले वर्तमान अवस्थामा राजनैतिक गठजोडले कांग्रेसको पहिचानमा प्रश्न चिन्ह लाग्न थालेको बताए । सो अवसरमा उनले नेपाली कांग्रेस कुनै व्यक्तिगत र पार्टीगत स्वार्थकालागी स्थापना भएको पार्टी नभै यसका अगाडी देश र जनताको ठुलोे जिम्मेवारी रहेकोले आम नेता कार्यकर्ताले सोचेर अगाडी बढनु पर्ने कुरामा जोड दिए । ।






