काठमाडौं । नेपाली कांग्रेस चन्द्रागिरि नगरपालिका वडा नम्बर १० का वडा कार्यसमिति सदस्य नारायणकुमार श्रेष्ठको निधन भएको छ ।

मुटु रोगको समस्याबाट पीडित श्रेष्ठको आइतबार विहान उपचारको क्रममा गंगालाल अस्पतालमा निधन भएको हो । श्रेष्ठको पार्थिव शरीरमा चन्द्रागिरि नगरका कार्यबहाक सभापति राजेन्द्रविक्रम बानियाँ र तरुण दलका केन्द्रीय सदस्य निरज प्रजापतीले संयुक्त रुपमा पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

५२ वर्षीय श्रेष्ठको पशुपतिमा आर्यघाटमा अन्तिम संस्कार गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय