विगतमा मध्यपूर्वका देश र मलेसियामा सीमित नेपाली युवाको वैदेशिक रोजगारी अव युरोपतर्फ मोडिएको छ । चालु आर्थिक वर्ष २०८०÷८१ को पहिलो चार महिनामा युरोपका क्रोएसिया, माल्टा, रोमानिया र पोल्यान्डमा जाने युुवाको सङ्ख्या १० हजार ६ सय ७८ पुगेको छ । चार देशमा १० हजार ६७८ जना गएकामा व्यक्तिगत रूपमा जानेको संख्या नौ हजार ४८ रहेको छ भने संस्थागत रूपमा जानेको संख्या एक हजार ६ सय ७० मात्रै रहेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार चालु आवको पहिलो चार महिनामा दुई लाख छ हजार ३१६ जनाले श्रम स्वीकृति लिएर रोजगारीका लागि बिदेसिएकामा त्यत्तिकै सङ्ख्यामा युरोप गएका छन् । गत आव २०७९÷८० मा सो अवधिमा क्रोएसिया, माल्टा र पोल्यान्डमा साढे सात हजार रोजगारीका लागि गएका थिए । युरोप रोजगारीमा जाने अधिकांश व्यक्तिगत रूपमा जाने गरेका छन् । युरोपका चार देशमा गएका श्रमिकको संख्या हेर्दा संस्थागतभन्दा व्यक्तिगत रूपमा जानेको संख्या उच्च रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय