काठमाडौं । नेपाल मलेसियामा जारी एसीसी मेन्स यू–१६ ईस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपालले सिंगापुरलाई ९८ रनले पराजित गरेको हो ।

नेपालले दिएको १ सय ८५ रन सिंगापुर ३१ दशमलब ३ ओभरमा ८७ रन बनाउँदै अलआउट भयो । सिंगापुरका लागि ओपनर रोशन रविचन्द्रनले ३७ बलमा ३ चौका र १ छक्काको सहयोगमा सर्वाधिक २४ रन बनाए । कबिरले १५ बलमा २ चौकाको सहयोगमा ११ रन बनाए ।
सिंगापुरका अन्य ९ ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि कृतिक कामतले ३, सन्तोष यादव, अभिषेक तिवारी, नरेन भट्ट, प्रतिक पोखरेल र अशोक धामीले १÷१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १ सय ८४ रन बनाएको थियो । सुर्यांशु कोईरालाले ४९ बलमा ६ चौकासहित सर्वाधिक ४३ रन बनाँदा निरज यादवले पहिलो विकेटका लागि ७० बलमा ६३ रनको साझेदारी सुरुआत गरेका थिए ।

सिंगापुरका हरिहरनले ३, हर्ष वेंकटराम र कबिरले २÷२ विकेट लिए । जितसँगै नेपालले मंगलबार हुने फाइनल खेलमा स्थान पक्का गरेको छ । अर्को सेमिफाइनलका विजेता मलेसियासँग नेपालले उपाधीका लागि खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय