नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजिनामा दिएका छन् । प्राधिकरणसँग सम्बन्धित खरिद, स्मार्ट टेलिकमको लाइसेन्स खारेजी, एनसेलको सेयर खरिदबिक्रीको प्रक्रिया चलिरहेको समयमा अध्यक्ष खनालले राजिनामा दिएका हुन ।

खनालले सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई आफ्नो राजिनामा पत्र बुझाएका हुन । उनले भोली बुधबार लागु हुनेगरि राजिनामा दिएका हुन । शर्मा मन्त्री भएदेखि नै अध्यक्ष खनाललाई हटाउन प्रयास गरेकी थिइन । शर्माको दबाब अनुसार काम नगरेपछि मन्त्रालयका सल्लाहकारले पनि खनाललाइ दवाव दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय