काभा वुमेन्स च्यालेञ्ज भलिबल कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाली टिम भारतसँग ३–१ को सेटमा पराजित हुन पुगेको छ ।दुवै टोली यसअघि नै सेमिफाइनलमा पुगिसकेका कारण यो खेलको नतिजाले समूह ए को विजेताको टुंगो भने लागेको छ ।नेपालले भने फाइनल प्रवेशका लागि दोस्रो सेमिफाइनलमा काजाकस्तानसँग खेल्नुपर्ने छ । नेपाल र काजाकस्तानबीचको खेल भने शुक्रबार हुने तालीका रहेको छ ।
बुधबारै भएको अर्को समूह बी अन्तर्गत अन्तिम खेलमा उज्वेकिस्तानलाई ३–१ को सेटमा हराएर काजाकस्तान समूह विजेता बन्न सफल भएको थियो ।सुरुवाती दुई सेट क्रमसः २५–१२ र २६–२४ ले गुमाएको नेपालले तेस्रो सेट २५–२१ ले जितेर खेलमा फर्किने कोसिस गरेको देखिएको थियो ।



चौथो सेटको आधा समयसम्म प्रतिस्पर्धात्मक खेल खेलेको नेपालले एक समय १८–१५ को अग्रता समेत बनाएर आशा जगाएको थियो । तर, त्यसपछि नेपालले ३ अंकमात्र जोड्दा सक्दा भारतले १० अंक जोडेर खेल आफ्नो पक्षमा पार्यो।



