काठमाडौं । मलेसियामा जारी चार देश सम्मिलित महिला टी–ट्वान्टी आई सिरिजमा नेपालले आज कुवेतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो पौने १२ बजे मलेसियाको बायोमास ओभलमा सुरु हुनेछ ।
आइसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अघि नेपाल, मलेसिया, हङकङ र कुवेतले चार देश सम्मिलित सिरिज खेलिरहेको छ । नेपालले सिरिजको पहिलो खेल जितका साथ सुरुवात गरेको थियो । मंगलबार भएको पहिलो खेलमा नेपालले हङकङलाई पराजित गरेको थियो ।



https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470



