काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वयलाई उन्मुक्ति दिएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई सीआइबीले प्रतिवादी कायम गर्नु नपर्ने भनि राय सरकारी वकिल कार्यालयमा पेश गरेको छ । सीआइबीले नेपाल र भट्टराईसँग आइतवार साँझ उहाँहरुकै निवासमा पुगि बयान लिएको थियो ।
यसैगरी प्रहरीले पूर्वमुख्यसचिव लीलामणि पौड्याललाई पनि प्रतिवादी कायम नगर्न सिफारिस गरेको छ । सत्ताको आडमा उहाँहरुलाई उन्मुक्ति दिइएको भन्दै चौतर्फि आलोचना भइरहेको छ । सीआइबीले सोमबार नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वमन्त्री चन्द्रदेव जोशी, पूर्वराज्यमन्त्री सञ्जय साहलगायतसँग बयान लिएको थियो । बालुवाटारस्थित ललिता निवास जग्गा व्यक्तिको नाममा गरी हिनामिना भएको विषय अहिले विशेष अदालतमा विचाराधीन छ ।



https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470



