काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टी–२० विश्वकप एसिया छनोटमा सिंगापुरले टस जितेर ब्याटिङ रोजेको छ ।

नेपालले आफ्नो पहिलो खेल सिंगापुरविरुद्ध सुखद् सुरुवात गर्ने लक्ष्य साथ मैदानमा उत्रिएको छ ।

नेपालको समूहमा सिंगापुर, मलेसिया र ओमान रहेका छन् । नेपालले दोस्रो खेल मलेसिया र तेस्रो खेल ओमानसँग प्रतिस्पर्धा गर्नेछ । समूहको शीर्ष दुईमा रहे नेपाल सेमिफाइनल पुग्नेछ । फाइनल पुग्ने टोली मात्र विश्वकपमा छनोट हुनेछ । रोहित पौडेलको कप्तानीमा नेपालले सिंगापुरविरुद्ध खेलेको छ ।

आज चार खेल हुँदैछ । मुलपानी मैदानमा बहराइन र युएईबीच पनि प्रतिस्पर्धा भइरहेको छ । दिउँसो साढे १ बजे टियु मैदानमा ओमान र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा सोहि समयमा हङकङले कुवेतको सामना गर्दैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय