काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल संवतले सम्पूर्ण नेपालीबीच सद्भाव‚ सहिष्णुता र बन्धुत्वको भावना अभिबृद्धि गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
नेपाल संवतको नयाँ वर्ष ११४५ को अवसरमा शुभकामना दिँदै राष्ट्रपति पौडेलले नेपालीबीचको साँस्कृतिक एकताले राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने बताउनु भएको हो । राष्ट्रिय विभूति साख्वाको लोककल्याणकारी तथा परोपकारी कार्यको स्मरण गर्दै उहाँले निस्वार्थ भावले समाजको उन्नति र प्रगतिका लागि अग्रसर रहन सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।






