भारत सरकारले नेपाल सरकारलाई उपहार स्वरुप दिएको मुर्रा जातको राँगालाई आज बाँकेको नेपालगञ्ज ल्याइएको छ । नेपालजंगस्थित पशु क्वारेन्टाईन कार्यालयले भारतले दिएको १५ वटा मुर्रा जातको राँगालाई आज ट्रकमा राखेर नेपालगञ्ज ल्याइएको जनाएको छ । उन्नत जातको नश्ल सुधारका लागि मुर्रा राँगा भारतले नेपाललाई उपलव्ध गराएको हो ।
मुर्रा राँगालाई आज एक दिन नेपालगञ्जस्थित पशु होल्डिङ्ग सेन्टरमा राखिने छ । राँगाहरुको स्वास्थ्य परीक्षण प्रक्रिया पुरा गरेर राष्ट्रिय पशु प्रजनन कार्यालय पोखरा, नेपालगञ्ज र लहानमा पठाइने छ । सोही स्थानबाट वीर्य उत्पादन, संकलन र संरक्षण गरिने जनाइएको छ ।






