प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल सीमापार सुरक्षा र सहयोग प्रवद्र्धनमा सक्रिय भूमिका खेल्न तयार रहेको बताएका छन । दाहालले इन्टरपोलको १०० औँ वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय समकक्षीहरूसँग सहकार्य गरेर विश्वव्यापी अपराधका चुनौतिलाई अझै राम्रोसँग सम्बोधन गर्न सकिने बताउनु भयो । प्रधानमन्त्री दाहालले अपराधीहरूले प्रविधिको दुरुपयोग गरी नराम्रा क्रियाकलापहरू गरिरहेको भन्दै यसमा अन्तर्राष्ट्रिय प्रहरी सहयोगको महत्व अतुलनिय रहेको उल्लेख गर्नुभयो । ।
प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रियस्तरमा संगठित अपराध, साइबर क्राइम र आतंकवादको बृद्धि भइरहेकोले नियन्त्रणको आवश्यक रहेको बताउनु भयो । प्रधानमन्त्री दाहालले नागरिकहरु भयरहीत रुपमा बस्नसक्ने वातावरण सिर्जना गर्नु राज्यको दायित्व समेत भएको बताउनु भयो ।






